About Us - Magar Laapha

About Us

गरिब अनि अशक्तलाई प्रोत्साहन ।। भाषा, सस्कृती जोगाउने हाम्रो अभियान ।।
 भन्ने मुल नाराको साथमा अगाडि बढिरहेको यस मगर लाफा ग्रुप समूह द्वारा संचालित वेबसाईट हो। मगर लाफा वेबसाईट द्वारा मगर जातिको भाषा, धर्म, कला संस्कृति, पहिचान र मौलिकतालाई जोगाउन र प्रोत्साहन गर्ने र नयॉं तथा ताजा खबरहरु यहॉंहरु मॉंझ समंप्रेसण गर्ने उदेश्यका साथ संचालन गरीएको हो ।

 मगर जाति भित्र रहेको नराम्रो कुराहरूलाई किनारा लगाई राम्रो पक्षको संरक्षण गर्न, बिकास गर्न हरेक क्षेत्रमा मगरहरुको पहुँच होस भन्ने हेतुले मगर मगर बिच एकताको भावना जगाउदै संगसंगै हातेमालो गर्ने हाम्रो पहल हो । यस्तै उदेश्य बोकिएको यस मगर लाफा ग्रुपले नयॉं प्रतिभाहरुलाई प्रोत्साहन गर्दै सामाज मा भएको असक्त, अपांग र असह्यहरुलाई सहयोग योगदान पनि पुराउदै आएको छ ।

 मगर लाफा ग्रुप मगर समाजको युबाहरुको समूह भएता पनि एउटा जातिले मात्र समाज र देश बन्दैन किनकी नेपाल एउटा बहुभाषिक, बहुजातिय र बहुधर्म संस्कृतिले भरिएको देश हो तसअर्थ यश ग्रुपले विश्व भरका सम्पुर्ण जातजातिहरु संग पनि हातेमालो गर्दै अगाडी बढीरएको छ । यस मगर लाफा ग्रुपमा नेपाल लगाएत बिभिन्न देशमा रहदै आएका मगर युवाहरु आवद्ध रहेका छन् ।

संचारलाई देशको तेश्रो अंग भनेर भनिन्छ, त्यस कारण यी बिबिध कुराहरुको आवज बुलल्द गर्ने र जनचेतना छिटो प्रवाह हुने हुदॉं मिडिया स्वरुप फेसबुक पेज संजाल र युटुब च्यानल संचालन गरिएको हो र यत्रतत्र छरिएर बसोबास गर्दै आएको मगर समुदायको गतिबिधिहरुको मुल्याड़कन गर्न सहज हुने छ । धन्यवाद
Contact Us 
Email  :  magarlaaphagroup@gmail.com
Facebook  : Magar Laapha Page
Youtube Channel : Magar Laapha TV