माघे संक्रान्ती बिशेष २५ औं लाङ्घाली साँझ-२०२२ को पोष्टर सार्बजनिक संगै बिधान पुस्तक हस्तान्तरण - Magar Laapha Tv

माघे संक्रान्ती बिशेष २५ औं लाङ्घाली साँझ-२०२२ को पोष्टर सार्बजनिक संगै बिधान पुस्तक हस्तान्तरण

जनवरी २  । गणेश थापा मगर
अंग्रेजी नयॉं बर्ष २०२२ जनवरी १ को अवसर पारेर नेपाल मगर संघ केन्द्रिय समिति जापानले एक औपचारीक कार्यक्रम आयोजन गरी बिधान पुस्तक हस्तान्तरण कार्यक्रम संगै माघे संक्रान्ती बिशेष २५ औं लाड़्घाली साँझ २०२२ को पोष्टर सार्बजनिक गरेको छ । 
जापानको ईकेबुकुरो स्थित लिट्ल बुद्ध नेपाली रेष्टुरेन्टमा सॉंझ ६ बजे आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल मगर संघ जापनाको बिधान १९९५ र २० औं महाधिवेशनको साधारण सभा द्वारा संशोधित बिधानलाई पुस्तकिकरण गरि नेपाल मगर संघ केन्द्रिय समिति जापानका अध्यक्ष ओम काउचा मगरलाई हस्तान्तरण गरेको छ । बिधान संशोधन समितिका संयोजनक लक्ष्मण घर्ती मगर र थानु राना मगर द्वारा सो बिधान पुस्तक हस्तान्तरण गरिएको हो । 
उक्त कार्यक्रम पछी माघे संक्रान्ती बिशेष तथा २५ औं लाङ्घाली सॉंझ २०२२ कार्यक्रमलाई भब्यकासाथ सफल पार्न पुर्व तयारी कार्यहरु गर्नुका साथै टिकट बितरण र पोष्टर पनि सार्बजनिक गरिएको छ । 
नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगर र महासचिब रामहरि खपाड़्गी मगरका अनुसार मगरहरुको राष्ट्रिय तथा मौलिक चाड माघे संक्रान्तीको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम आगामी जनवरी २३ तारिख आईतवार सॉंझ टोकियोको हुने जानाईएको छ । लोक तथा दोहोरी गायक चेतन घर्तीमगर, होम पुन, गायकहरु सबिन बाबु मगर, गौरब आले मगर, केशव श्रीस मगर लगायतका कलाकारहरुको आर्कषक सांगितिक प्रस्तुतीहरुको साथमा अन्य स्थानीय कलाकारहरुबाट कौराह र चुट्का सहितको बृहत कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । 

कार्यक्रमलाई भब्य सफल पार्न प्रचार-प्रसारको लागी बनाईको ट्रिजर भिडियो पनि हेर्नुहोस । 
टोकियोको ईकेबुकुरोमा रहेको तोशिमा सिभिल सेन्टरको आठौँ तलामा आयोजना गरिने कार्यक्रम जनवरी २३ तारिख आईतवार साँझ ५ बजेबाट रातको ९ बजेसम्म आयोजन गरिने जनाउदै अध्यक्ष काउचा मगरले कार्यक्रममा अपवाद व्याण्डको लाईव सो पनि रहने बताउनुभयो । 
प्रवासमा मगरहरुको मौलिक कला सहितको साँस्कृतिक प्रस्तुतीहरुको साथमा विभिन्न कलाकारहरुको उत्कृष्ट सांगितिक प्रस्तुतीहरु रहने माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२२ मा साधरण प्रवेश शुल्क भने २००० येन र बिशिष्टलाई १०,०००/- येन निर्धारण गरिएको छ । 
प्रवाशमा रहेर पनि नेपाल र मगरहरुको संस्कार र संस्कृतिलाई जीवितै राख्न एतिहासिक कार्यक्रम गर्न लागेकोले सम्पूर्ण जापानबाशि नेपालीहरुमा उपस्थितीभै कार्यक्रमलाई भब्य र सब्य बनाउन कार्यमा हातेमालो गर्नपनी आयोजकले अनुरोध गरेका छन् ।