लेटाङबासी संग दुख साट्दै मिग फाउन्डेसन नेपाल । - Magar Laapha Tv

लेटाङबासी संग दुख साट्दै मिग फाउन्डेसन नेपाल ।


जेष्ठ २६, मोरङ

पदम थापा मगर 


मोरङको लेटाङमा अत्यन्तै विपन्न वर्गका १६ घर परिवारलाई मिग फाउन्डेसन नेपालले राहत (खाद्यान्न सामाग्री) वितरण गरेको छ । 



(कोभिड-१९) को कारणले पछिल्लो समयमा नेपालको विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा भैरहँदा ज्याला ज्यालामजदुरी गरेर खाने वर्गहरुलाई अत्यन्तै गाह्रो भएकोले कम्तीमा पनि उहाँहरुको घरमा केही दिन भए पनि बिहान बेलुका चुलो बलोस भनी मिग फाउन्डेसन नेपाल ले मोरङको लेटाङ न.पा. वडा नं. ३, ४, ५ र ६ मा गरि जम्मा १६ घर विपन्न परिवारलाई अत्यावश्यक चिजहरु दाल, चामल, नुन र तेल वितरण गरेको हो । 



नेपाल मगर सांस्कृतिक संघको संयोजनमा भएको उक्त कार्यक्रमलाई नेपाल मगर संघ लेटाङ र नेपाल मगर बौद्ध गुम्बा लेटाङले सहजीकरण गरिदिनुभएको थियो । सामान ढुवानीको लागि सफल युवा ब्यवसायी गणपति लाफा ट्रेडर्सका संचालक भिम बहादुर मगर (मगर साहिला) ज्यु ले सहयोग गर्नुभएको थियो । 



नेपाल मगर सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष कवीराज मगर ज्यु को उपस्थितमा भएको उक्त कार्यक्रममा नेपाल मगर बौद्ध गुम्बा लेटाङका सचिव तथा सफल युवा ब्यवसायी चित्र राना मगर, देवि माया मगर, मनि मगर, अन्चल मगर, इन्द्र माया मगर, हेम कुमारी मगर लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 



रोग, भोक र आर्थिक अभावको कारणले कसैले ज्यान गुमाउन नपरोस्  भनी मिग फाउन्डेसन नेपालले शुरूवात गरेको यो अभियान निरन्तर अगाडि बढिरहँदा देश विदेश बाट थुप्रै सहयोगी मनहरुले सहयोग गरिरहनु भएकोले उहाँहरुको सहयोगलाई उच्च मुल्यांकन गर्दै साच्चिकै विपन्न परिवारहरुको पहिचान गरि सम्बन्धित व्यक्ति माझ राहत पुर्याउन मिग फाउन्डेसन नेपालले दिनरात नभनिकन कुनै कसुर बाकी नराखेर खटिरहेको मिग फाउन्डेसन नेपालका संयोजक अनिता राना मगरले भन्नुभयो ।