अपांग कमला थापा मगरलाई तनहुँ समाज यु.के द्वारा ५,५५,८३०|- रुपैयाँ सहयोग ! - Magar Laapha Tv

अपांग कमला थापा मगरलाई तनहुँ समाज यु.के द्वारा ५,५५,८३०|- रुपैयाँ सहयोग !

जेठ २४, काठमाडौ 
पदम थापा मगर 
तनहुँको ऋषिङ गाउँपालिका वडा नं. १ झापुटार कि २६ वर्षीय अपांग कमला थापा मगर लाई तनहुँ समाज यु.के को पहलमा संकलन भएको रकम रु. ५,५५,८३०|- (पाँच लाख पच्पन्न हजार आठ सय तीस) रुपैयाँ हस्तान्तरण गरेको छ ।

१४ महिनाको हुँदा (पोलियो) भएर कम्मर देखि मुनि नचल्ने कमलाको घरको आर्थिक अवस्था दयनीय छ । कम्मर देखि मुनि नचल्ने भएता पनि हात चल्ने र अरु जस्तै बोल्न सक्ने भएकोले केही गर्छु भन्ने आँट लिएर १२ पढ्दै गरेकी कमला मीठो गीत पनि गाउछिन । 
भोलिका दिनमा आफै जिविकोपार्जन गरेर स्वावलम्बी जीवन बिताउन र उनको सपना पूरा गर्नको लागि सहयोग पुगोस भन्ने उद्देश्यले तनहुँ समाज यु.के का सदस्य तथा समाजसेवी व्यक्तित्व मित्र माकिम ज्युको संयोजनमा तनहुँ समाज यु.के को विशेष पहलमा शुरूवात भएको अभियान बाट संकलन भएको रकम ५,५५,८३०|- (पाँच लाख पच्पन्न हजार आठ सय तीस) रुपैयाँ तनहुँ समाज यु.के र मगर संघ यु.के का निवर्तमान उपाध्यक्ष अनिता राना मगर ज्युको उपस्थितिमा जेठ २४ गते कमला थापा मगर बस्ने ठाउँमै गएर हस्तान्तरण गरेको हो । 
अभियानलाई सफल बनाउनको लागि महत्त्वपूर्ण भुमिका खेल्नुहुने तनहुँ समाज यु.के का अध्यक्ष लेख बहादुर गुरुङ, उपाध्यक्ष केशर राना मगर, महासचिव टेसर जंग गुरुङ, सचिव वेदराज पराजुली, कोषाध्यक्ष कृष्ण थापा र यो भन्दा अघिल्लो वर्ष £670 को WHEEL CHAIR, DISABLE URINATE POT किनेर £394.50 कार्गो चार्ज सहित नगद ६०,०००|- रुपैयाँ सहयोग गर्नुहुने ताप्लेजुङ घर भै हाल यु.के बस्नुहुने निङ्वा पन्धक लिम्बू संगै सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई संयोजक मित्र माकिम र पीडित कमला थापा मगरको तर्फबाट धन्यवाद सहित हार्दिक आभार प्रकट गर्नुभएको छ ।

पुरा भिडियो हेर्नुहोस :