लकडाउनले भोकमरी निम्त्याउँदा मिग फाउन्डेसनको सहयोग । - Magar Laapha Tv

लकडाउनले भोकमरी निम्त्याउँदा मिग फाउन्डेसनको सहयोग ।

पदम थापा मागर 
जेठ १७ म्याग्दी 
म्याग्दीको वेनी बजारमा ज्याला मजदुरी गरेर खाने विपन्न परिवारका ३२ घरधुरी लाई मिग फाउन्डेसन नेपालले खाद्यान्न सामाग्री (राहत) वितरण गरेको छ । 
जसोतसो गरेर घरव्यवहार चलाउदै गर्दा लकडाउन हुनासाथ तेहि काम पनि बन्द भएपछि बिहान बेलुकाको छाक जुटाउन धौधौ हुने ती व्यक्तिहरुको पहिचान गरि नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीको संयोजकत्वमा मिग फाउन्डेसन नेपालले राहत वितरण गरेको हो । 
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणले आज सिंगो मानव जगतलाई नै आक्रान्त बनाईरहेको यो विषम परिस्थितिमा नेपालको विभिन्न ठाउँहरुमा लकडाउन र निषेधाज्ञा भैरहँदा कतिपय व्यक्तिहरुले खाने कुरा सकियो, काम पाउदैन, लौन राहत मिलाईदिन पर्यो भनी रुँदै फोन गरेको र यहि बेलामा मिग फाउन्डेसन नेपालले म्याग्दीमा आएर राहत वितरण गरेकोमा अत्यन्तै आभारी भएको नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष डक माया पाईजा मगरले बताउनु भयो । 
कार्यक्रममा नेपाल मगर संघ, जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष डक माया पाइजा मगर, उपाध्यक्ष लोकेश पुन मगर, सचिव खम थापा मगर, सल्लाहकार खिमा गर्बुजा मगर, जनप्रतिनिधि हिरा बहादुर पुन मगर, टकसरा राना मगर, प्रहरी निरीक्षक नवराज के.सी, मिग फाउन्डेसन नेपालको तर्फबाट कुमार थापा मगर, पदम थापा मगर र सुजन थापा मगर लगायत अन्य व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।


यदि यहाँहरुले पनि सहयोग गर्न चाहनुहुन्छ भने,
सानिमा बैंक लि.
A/C: 0380-11050000-406
Gyan Bahadur Ghartimagar
Cont: 9823720705
Branch: Nayabazar Kathmandu
- बैंकमा पैसा जम्मा गरिसकेपछि तपाईंको नाम, ठेगाना, फोटो, फेसबुक आईडी र भाईबर नम्बर उपलब्ध गराईदिनु होला ।
सम्पर्क:-
०१- अनिता राना मगर (संयोजक)- 9806621713
०२- ज्ञान बहादुर घर्ती मगर (आर्थिक संयोजक)- 9823720705
०३- पदम थापा मगर (प्रवक्ता- मिग फाउन्डेसन नेपाल)- 9856029346
नोट: संस्थागत बैंकको खाता खोल्न समय लाग्ने र यो अभियान तत्कालै शुरु गर्नुपर्ने भएकोले हाललाई हिसाब किताब चुस्त दुरुस्त राख्नको निम्ति हाम्रै समितिको आर्थिक संयोजक ज्ञान बहादुर घर्ती मगर ज्यु को खाता प्रयोग गर्ने निर्णय गरेका छौ पछि हामी संस्थाको आफ्नै खाता संचालनमा ल्याउने छौ ।