यसपालि त घरै जल्यो के ले छाउने, खै के खाने हो । - Magar Laapha Tv

यसपालि त घरै जल्यो के ले छाउने, खै के खाने हो ।

जेठ ०९ सुर्खेत, पदम थापा मगर || चैत बैशाखको बेला ती पुराना बोटविरुवाहरुले नयाँ पात फेर्नको लागि कोहि सुक्छ त कोहि झर्छ । चर्को घाम संगै परेको खडेरीले कुन बेला जंगलमा डढेलो लाग्छ र जंगल नजिकैको बस्ति तिर आईपुग्ला भन्ने डर हुन्छ ।
हिउँदको बेला जंगल छेउमा बस्नेहरूले जसरी सोच्छ ठ्याक्कै तेस्तै भएको छ । सुर्खेत जिल्लाको वराह ताल गाउँपालिका वडा नं. २ सिस्नेरीमा चैत्र २६ गते जंगलबाट लाग्दै आएको डढेलोले सोही गाउँको ९ घर जलेर पुर्ण रुपमा क्ष्यती भएको छ । 
तेस्तै सुर्खेत जिल्लाकै पन्चपुरी नगरपालिका वडा नं. ९ सुन्दरपुर, रागमा बैशाख ६ गते घरको सबैजना काममा जानेबेलामा ६ परिवारको ४ वटा घर, ६ वटा गोठ लगायत अन्न, लत्ताकपडा जलेर पुरै नष्ट भएको छ । 
हरेक दिन दिउँसो काममा गएर थकित भए पछि बेलुका घर फर्किने बेलामा जब बस्ने घरै जले पछि, खाने अन्नै जले पछि अब त्यो मान्छेको मन कति जल्छ होला ! तेहि जलेको मनलाई थोरै भए पनि मलमपत्ती लगाउन मिग फाउन्डेसन नेपालको टोली खाद्यान्नको सामान सहित घर घरै गई सिस्नेरीको ९ घर र रागको ६ घर गरि जम्मा १५ घरलाई राहत वितरण गरेको छ । 
सिस्नेरीको राहत वितरण कार्यक्रममा सोही वडाका वडा अध्यक्ष युवराज कार्की र नेपाल मगर संघ,कर्णाली प्रदेशका मुख्य सचिव डम्मर गरांजा मगरको उपस्थिति रहेको थियो भने रागमा पन्चपुरी नं. पा. वडा नं. ५ का वडा अध्यक्ष होम बहादुर सिंजाली मगर र डम्मर गरांजा मगरको उपस्थिति रहेको थियो ।