गरिबको समस्यामा सहारा बन्दै मिग फाउन्डेसन नेपाल - Magar Laapha Tv

गरिबको समस्यामा सहारा बन्दै मिग फाउन्डेसन नेपाल

 ०७ जेष्ठ २०७८ 
पदम थापा मगर 
मिग फाउन्डेसन नेपालले बाँके जिल्लाको अत्यन्तै विपन्न परिवारका १८ घरधुरीलाई राहत वितरण गरेको छ । 
कोरोना संक्रमणको अत्यन्तै प्रभावित क्षेत्र बाँके जिल्लामा ज्याला मजदुरी गरेर खाने र लकडाउन पश्चात् तेहि काम पनि बन्द भएपछि बिहान बेलुकाको छक जुटाउन गाह्रो हुने बैजनाथ गाउँपालिका वडा नं. २,३,५ र ६ मा बस्नुहुने १८ घर परिवारलाई मिग फाउन्डेसन नेपालको टिमले घर घरै गएर राहत हस्तान्तरण गरेको हो । 
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कारणले पछिल्लो समय नेपालको विभिन्न ठाउँमा लकडाउन, निषेधाज्ञा भैरहँदा ज्याला मजदुरी गरेर खानेहरुलाई अत्यन्तै गाह्रो भएको यो अवस्थामा मिग फाउन्डेसन नेपालले अत्यावश्यक चिजहरु चामल, दाल, नुन, तेल, चिनी र चियापत्ती वितरण गरेको हो । 
रोग, भोक र आर्थिक अभावको कारणले कसैले ज्यान गुमाउन नपरोस् भनी मिग फाउन्डेसन नेपालले शुरूवात गरेको यो अभियानलाई देश तथा विदेशमा रहनुहुने थुप्रै सहयोगी मनहरुले पनि सहयोग गर्नुभएको छ । 
तेस्तै मिग फाउन्डेसन नेपाल" द्वारा नेपालको अत्यन्तै कोरोना प्रभावित क्षेत्र बाँके जिल्लाको अग्रपंक्तिमा खटिने प्रहरीहरुको लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना मगर ज्यु लाई हस्तान्तरण गरेको छ ।