६ वर्षीय स्टेसी आले मगरले रु.१ लाखको उपाधी जितिन - Magar Laapha Tv

६ वर्षीय स्टेसी आले मगरले रु.१ लाखको उपाधी जितिन

चैत्र २२ । मगर लाफा मगर परिवार नेपाल (MPN) ले आयोजना गरेको अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अन्लाईन नृत्य प्रतियोगिताको उपाधी ६ वर्षीय स्टेसी आले मगरले जितिकी छिन् । गत चैत ७ गते समाजिक संजाल फेसबुक ग्रुपको माध्यमबाट सुरु भएको प्रतियोगितामा गोर्खा घर भइ हाल चितवन बस्दै आएकी बुबा कुश आले मगर र आमा तुल्सी थापा मगरको कोखबाट जन्मिएकी स्टेसीको अभिनय सहितको नृत्यले दर्शकहरुको मन त जित्यो नै, निर्णायकहरुको पनि उत्तिकै मन जितेर प्रथम पुरुस्कार रु.१ लाख हात पारेकी छिन् ।
त्यस्तै दोश्रो स्थानमा भोजुपरकी क्रिसा राना मगरले रु.५० हजार तेश्रो स्थानमा बाग्लुड़्की शिवानी थापा मगरले रु.३० हजार जितेकी छिन भने म्याग्दीकी शिक्षा गर्बुजा मगरले सान्त्वना पुरस्कार रु.२० हजार जितेकी छिन् । प्रतियोगितामा ४९ जना प्रतियोगि सहभागी थिए भने ४० पुर्णाङ्क फेसबुक लाईक र ६० पुर्णाङ्क निर्णायकहरुको मुल्यांकनको आधारमा आज Zoom र फेसबुक Live को माध्यमबाट नतिजा सार्बजनिक गरिएको थियो ।
“मगरहरुकाे कला र प्रतिभालाई प्राेत्साहन, भेषभुषा, भाषा, संस्कार, सांस्कृति, संरक्षण गर्ने हाम्रो अभियान” भन्ने मुल उदेश्यले स्थापित यस मगर परिवार नेपालले चैत ७ गतेदेखि एकल मगर अन्लाईन नृत्य प्रतियोगिताको आयोजना गरि २१ मा सम्पन्न गरेको थियो  ।

मगर समुदायका हजारौं उत्कृष्ट प्रतिभाले स्थान खोजिरहेका तर नपाउनु र पछि पर्नुको कारण पत्ता लगाउनु र त्यो उत्कृष्ट प्रतिभालाई स्थान दिन र पुरस्कृत गरि अन्तर्राष्ट्रिय स्तरमै ख्याति प्राप्त बनाउनु पनि यस प्रतियोगिताको उदेश्य रहेको थियो ।
मगर समुदाय भित्र भै-परि आउने र समुदाय भित्रको पहिचानलाई जोगाउदै विभिन्न सामाजिक अभियानका कामहरु पनि गर्ने यस संस्थाको उदेश्य रहेको थियो । २०७७ साल फागुन १० गते नेपाल सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपाल (MPN) ले संस्थाकाे बिधान अनुसार सामाजिक अभियानका कामहरु समेत गर्दै आएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १ लाख नगद र सम्मानपत्र, दोस्रो हुनेलाई ५० हजार र सम्मानपत्र, तृतीय हुनेलाई ३० हजार र सम्मानपत्र र सान्त्वना हुनेलाई २० हजार र सम्मानपत्र रहेको थियो ।
प्रतियोगिताका निर्णायकहरु बिना थापा मगर (नायिका) मगर फिल्म, भुवन थापा मगर (नायक) मगर फिल्म, शेखर घर्ती मगर (नृत्यकार), नेशन सुस्लिङ्ग मगर (नृत्यकार) रहनुभएको थियो ।

पुरस्कार प्रायोजन भने रामेछाप घर भइ हाल काठमाडौं बस्ने पवित्रा आले मगरले स्वर्गीय छाेरा भुवन आले मगरकाे सम्झनामा गर्नुभएको हो । भने ४ जना प्रतियोगीलाई नृत्य मन पराई व्यक्तिगत रुपमा हौसला स्वरुप चितवन निवासी हाल U.K बस्दै आउनुभएकी समाजसेवी ज्योति रजाली मगरले जेनिषा रजाली मगर र जेशिका सारु मगर लाई ५०/५० हजार र स्टेसी आले मगर र शेष बहादुर थापा मगरलाई १०/१० हजार नगद रुपैयाँ सहयोग गर्नुभएको छ ।

अन्तराष्ट्रिय मगर महासंघ तथा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरको प्रमुख आतिथ्यता, भुपु एस. एस. पि. तथा समाजसेवी मान बहादुर रजाली मगर, नेपाल मगर संघ केन्द्रिय समिति महासचिव ज्ञानेन्द्र पुन मगर, कलाकार तथा समाजसेवि बिलपुर्जा पुन मगर को विशेष आतिथ्यतामा भएको नतिजा सार्बजनिक कार्यक्रमको अध्यक्षता यस संस्थाका अध्यक्ष प्रनिश आले मगरले गर्नुभएको थियो भने मिलन थापा मगर र रुपा घर्ती मगरले कार्याक्रम संचालन गर्नुभएको थियो ।

टप १० प्रतियोगी क्रमशः
१) स्टेसी आले मगर – गोर्खा
२) कृषा राना मगर – भोजपुर
३) शिवानी थापा मगर – बाग्लुङ
४) शिक्षा गर्बुजा मगर – म्याग्दी
५) प्रेम थापा मगर – सुर्खेत
६) बन्दना घर्ती मगर – बागलुङ
७) जेनिषा रजाली मगर – चितवन
८) तारा थापा मगर – बाग्लुङ
९) खुशी राना मगर – गोर्खा
१०) बेनिक्स घर्ती मगर – रोल्पा