क्यान्सर पिडित प्रेमको लागि सहयोगको अपिल - Magar Laapha Tv

क्यान्सर पिडित प्रेमको लागि सहयोगको अपिल

बैशाख ८ । धन कुमार बलम्पाकी । मोरङ्ग
मोरङ्ग जिल्लाका ३२ वर्षीय प्रेम कुमार मगरको ठूलो आन्द्रामा घाउ भइ क्यानसर देखिएकोले क्यान्सरबाट पीडित लेटाङ्ग नगरपालिका ५ निवासी मगरको उपचारमा सहयोग गरिदिन उनका परिवारले आग्रह गरेका छन । 
आर्थिक अवस्था दयनीय रहेका लेटाङ्ग निवासी रण बहादुर मगरका छोरा प्रेम कुमारको उपचारका लागि रकमको अभाव भएकाले मगरको परिवारले मनकारीहरुसँग सहयोग अपील गरेको हो । पीडित मगरको उपचारका लागि आफुसङ्ग भएको सबै पैसा सकिएपछी थप उपचार गर्न रकम अभाव भएका कारण मनकारी वक्तित्वहरुमा अनुरोध गरेको हो । 
एक थुकी सुकी सय थुकी नदि बन्छ भने झै मानबताको नाताले हामी सबैले थोरै धेरै सकेको सहयोग गरियो भने उपचार खर्चको जोह हुने थियो र उपचार गर्न पाए मगरले पूनर्जिवन पाउने उनका श्रीमती शान्ती मगरले जानकारी दिए । मगरको उपचारार्थ सहयोगका लागि गरिमा बिकास बैंक लिमिटेडमा खाता नं. 036001900889795000001 मा रकम जम्मा गर्न सकिने पिडितको श्रीमतिले बताइन । हाल मगरको बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भैरहेको छ । उनको मोबाइल नं. ९८११३६५१७० मा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ ।

Garima Bikas Bank Ltd. 
Branch: Buddhachowk branch, Bharatpur 
Account Holder Name: Prem Kumar Magar 
A/C No. 036001900889795000001 
Phone No : 9811365170