पाल्पाको आगलागी पिडितलाई खाद्यान्न र अन्य समाग्री गरेर छ लाख आर्थिक सहयोग ! - Magar Laapha Tv

पाल्पाको आगलागी पिडितलाई खाद्यान्न र अन्य समाग्री गरेर छ लाख आर्थिक सहयोग !

चैत्र ३१ पाल्पा, पदम थापा मगर 
पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नं. ७ ओखरीगौंडाका आगालागी पिडित दान बहादुर लम्काहा मगर लाई मगर लाफा ग्रुपले आयोजना गरेको सहयोग अभियान कार्यक्रमबाट संकलन भएको रकम मध्ये बाट रु. ४,१२,१२४|- नगद र रु. १,८९,९४९|- बराबर खाद्यान्न र अन्य समाग्री गरेर रु.६,०२,०७३|- (छ लाख दुई हजार त्रिहत्तर रुपैयाँ) सहयोग हस्तान्तरण गरेको छ । 

मगर लाफा ग्रुपले घटना भएको २ दिन पछि अर्थात चैत्र १६ गते देखी २२ गते सम्म एक हप्ता संचालन गरेको "आगलागी पिडित दान बहादुर लम्काहा मगर राहत सहयोग अभियान" मा सहयोगी मनहरुको विशेष अनुरोध पश्चात् पुन: ३ दिन थप गरेर चैत्र २५ गते सम्म संचालन गरेको थियो । 
गाउँलेहरुको सहयोग र अन्य विभिन्न देश तथा बिदेशबाट सहयोगी मनहरुले गरेको सहयोगबाट अहिले पुन: बनाउदै गरेको नयॉं घर (ठॉंउमा) चैत्र ३१ गते मंगलबार एक कार्यक्रम आयोजना गरि मगर लाफाको अभियान बाट संकलन भएको रकम ५,०६,९७३|- (पाँच लाख छ हजार नौ सय त्रिहत्तर रुपैयाँ) र मगर संसार फोटो ग्यालरी ग्रुपले संकलन गरेको रकम ९५,१००|- (पन्चानब्बे हजार एक सय रुपैयाँ) संगै खाद्यान्न समान नुन, तेल, चामल, चाउचाउ, बिस्कुट, घर-गोठ छाउने जस्तापाता, भाँडाकुँडा,लत्ताकपडा सहयोग गरेको हो । तस्तै उक्त परिवारलाई आयश्रोत र आम्दानीमा टेवा पुगोस भनेर पाल्नको लागी एउटा सुंगुरको सानो भुनी र एउटा बाख्राको सानो पाठी पनि हस्तान्तरण गरिएको छ ।
यस दुखद समयमा एउटा मगर परिवारलाई परेको समस्या भनेको हाम्रो पनि समस्या हो भन्दै युवाहरूले संचालन गरेको यो अभियानलाई साथ दिदै विभिन्न देशमा बस्नुहुने सहयोगी मन भएका व्यक्तिहरु संगै मगर संघ हङकङ, मगर संघ पोर्चुगल र नेपाल मगर संघ मलेसियाले नगद प्रदान गरेको थियो भने मगरहरुको व्यावसायिक कम्पनी मिग कम्पनीले केही नगद सहित सामान लैजान र सो ठाउँ सम्म जान आउनको लागि गाडी, ठाडा धुवानी सेवाले ट्याक्टर र खत्री किराना पसलले गाडीको व्यवस्था गरेको थियो । 
चैत्र १४ गते शनिबार दिउँसो घरमा ठुला ब्यक्तिहरु नभएको बेलामा स-साना बच्चाहरु खेल्ने क्रममा बच्चाहरुले नै आगो लगाएकोले आगालागी भएको बताईएको छ । दिउँसो करिब ४:४५ बजे भएको उक्त आगोलागी घटनाबाट दान बहादुरको घर र गोठ संगै अस बहादुर लम्काहा मगरको पनि २ वटा गोठ पुरै जलेर नष्ट भएको छ । तेस्तै घरमा रहेका सबै समानहरु धान ७ मुरी, चामाल ३ कट्टा, कोदो ४ मुरी, नगद ८/१० हजार, दराज र दराज भित्रका समानहरु, ब्लाङकेट, भाँडाकुँडा र गोठमा रहेको ८ वटा बाख्रा पनि जलेर खरानी भएको थियो । 
तपाईं पनि सहयोग गर्न चाहनु हुन्छ भने पिडितको सम्पर्क नं. दान बहादुर लम्काहा मगर (9842363025