पाल्पा जिल्लाको माथागढी ७ ओखरीगौडामा आगो लागीको कारण दान बहादुर लम्काहा मगरको घर र ३ वटा गोठ पुरै जलेर नष्ट भएको छ ।
चैत्र १४ गते शविबार घरका सबै परिवार कामले घर बाहिर गएका बेला सो घटना भएको हो । घरका ठुला ब्यक्तिहरु घरमा नभएको कारण साना बच्चाहरु मात्र घरमा खेल्ले क्रममा बच्चाहरुले नै आगो लगाएकोले आगोलागी भएको बताईएको छ । हिजो करिब ४:४५ बजे भएको उक्त आगोलागी घटनाबाट दान बहादुरको घर र गोठ संगै छिमेकीको पनि २ वटा गोठ पुरै जलेर नष्ट भएको छ भने घरमा रहेका सबै समानहरु धान ७ मुरी, चामाल ३ कट्टा, कोदो ४ मुरी, नगद ८/१० हजार, दराज र दराज भित्रका समानहरु, ब्लाड़्केट, भाडाकुडा र गोठमा रहेको ८ वटा बाख्रा पनि जलेर खरानी भएको छ ।
दान बहादुर लम्काहा मगर र उनका सबै परिवार यति बेला बारीमा कुनै ओत बिनै खुल्ला आकासमा बस्न बाध्यभएका छन् । ओत लाउने एउटा घर पनि जलेर नष्ट भयो र भएको सबै अन्न पनि खरानी भएपछि भोको पेट बस्न बिबस छन् । न कुनै राहत आएको छ सरकार वा गाउपालिका बाट, गाऊको छरछिमेकले दिएको २/४ माना चामलको भरमा बाचिरहेका छन् ।
यस्तो बेला वहॉंलाई तपाई हाम्रो साथ सहयोगको खाचो छ । एउटा मानवताको नाताले जति सकिन्छ जे सकिन्छ धेरै थोरै तपाई हाम्रो गच्छे अनुसार सहयोग गरिदिनुहुन अपिल गर्दछौं । पिडितको नाम र सम्पर्क : दान बहादुर लम्काहा मगर मोबाइल नम्बर - 9842363025 साथमा " मगर लाफा ग्रुप " को Admin संग पनि हातेमालो गर्न सक्नु हुन्छ।
Magar Laapha Group Admin
Ammar Kamu Magar (Palpa) सहयोग गर्न इच्छुक हुनु हुन्छ भने " मगर लाफा ग्रुप " को Admin लाई चैत्र २२ गते सम्म सम्पर्क गर्न सक्नु हुनेछ ।
अमर कामु मगर ( पाल्पा, नेपाल )
सम्पर्क : +9779845985020
Ammar Bahadur Kammu
Acount no. 06014100391512000001
Kamana sewa Bikas Bank (Sardi Branch) Nawalparasi
https://www.facebook.com/amar.magar.545849
इसेवा मार्फत सहयोग गर्न चाहनु हुन्छ भने
बिनोद श्रीस मगर
https://www.facebook.com/Magarlaaphaofficial
Esewa ID: 9866553399