नेपाल मगर संघ जापान द्वारा ४ लाख ५२ हजार आर्थिक सहयोग ! - Magar Laapha Tv

नेपाल मगर संघ जापान द्वारा ४ लाख ५२ हजार आर्थिक सहयोग !

सबिनबाबु मगर

टोक्यो, जापान 


गम जुग्जाली मगरको लागि नेपाल मगर संघ जापान द्वारा ४ लाख ५२ हजार आर्थिक सहयोग ! 


          नेपालको म्याग्दी जिल्ला घर भई हाल जापान टोकियो, निशिनिप्पोरी बस्दै आउनु भएका नेपाल मगर संघ जापानका संरक्षक श्री गम जुग्जाली मगरलाई नेपाल मगर संघ जापान द्धारा आर्थिक सहयोग गरेको छ । जुग्जाली मगर गत  डिसेम्बर २१ देखी कलेजो तथा घाटिको गम्भिर बिरामी भई उपचारार्थ हुनुहुन्थ्यो । लामो  समय सम्म सघन उपचार कक्ष ICU मा उपचार तथा दुबै कलेजोको अप्रेसन पस्चात थप घाटिको अप्रेसन पनि गर्न पर्ने तथा अत्याधिक आर्थिक भार पर्ने देखिएको हुनाले नेपाल मगर संघ जापान केन्द्रिय समितिका अध्यक्ष नबिन थापामगरको संयोजकत्वमा सहयोग रकम उठाइएको थियो । रोल्पा समाज जापान बाट एकमुस्ठ ५२ हजार येन र नेपाल मगर संघ जापानको अभियान बाट संकलित ४ लाख येन गरी करिब ४ लाख ५२ हजार येन सहयोग रकम गत २१ तारिख बिरामीको निवासमा गई हस्तान्तरण गरिएको हो । उक्त दिन सहयोग रकम हस्तान्तरण संगै स्वास्थ्य लाभको कामना गर्न संयोजक नबिन थापामगर लगाएत नेपाल मगर संघ जापानका सल्लाहकार खगेन्द्र पुन मगर, दिपक बुर्जा मगर, कान्तो क्षेत्रिय समितिका अध्यक्ष रित राना मगर, सल्लाहकार टिका रानामगर ,समाजसेवी इश्वर गुरुङ लगाएत करिब १ दर्जन मगर युवाहरुको उपस्थिती रहेको थियो । साथै सोही दिन पुन क्लब जापानका अध्यक्ष लगाएत युवाहरुको पनि निज जुग्जालीलाइ आर्थिक रकम सहयोग संगै स्वास्थ्य लाभको कामना को लागि उपस्थिती थियो । 

          भेटमा जुग्जाली मगरले निकै भावुक हुदै सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद आभार प्रकट गर्दै यो हौसलाले छिट्टै रोगलाइ परास्त गर्ने हिम्मत मिलेको बताउनुभएको थियो । अन्य संघसंस्था: जुग्जालीले मगर संघ, पुन क्लब बाट पनि आर्थिक र भौतिक सहयोग पाईएको जानकारी गराउनु भयो ।