प्रिति आले बनिन नक्कली साली (भिडियो सहित) - Magar Laapha

प्रिति आले बनिन नक्कली साली (भिडियो सहित)


असार ३०, मगर लाफा । चर्चित गायिका तथा मोडल प्रिति आले र गायक युवराज मगरको नक्कली साली लाहुरे लाली म्युजिक भिडियो सार्बजनिक भएको छ । गायक युवराज मगर र प्रलाद सुबेदीको शब्द रहेको उक्त भिडियोलाई गायक युवराजले आफ्नै युटुब च्यानल युवराज मगरबाट सार्बजनिक गरेको छ । चर्चित गायिका तथा मोडल प्रिति आले र गायक युवराज मगरको स्वर रहेको लोक पप सैलीको सो गीतको म्युजिक भिडियोमा गायक तथा मोडल रमेश बाबु थापा मगर,बिणु मगर र मेनुका पुनले अभिनय गरेका छन् भने गायक गायिका आफैले पनि आफ्नो अभिनय प्रस्तुत गरेका छन् । गायक युवराज मगरको आफ्नै संगीत रहेको भिडियोलाई एभि नेपालले पोष्ट प्रोडक्सन गरेको छ ।
Nakkali Sali Lahure Lali by Preeti Ale & Yubaraj Magar | New Nepali Dancing Song 2077

हेर्नुहोस भिडियो :-