५ जना नेपाली र १ जना म्यानमार गरि ६ जना श्रमिकलाई मलेसियामा नेपाल मगर संघ मलेसियाको खाद्यान्न सहयोग !! - Magar Laapha

५ जना नेपाली र १ जना म्यानमार गरि ६ जना श्रमिकलाई मलेसियामा नेपाल मगर संघ मलेसियाको खाद्यान्न सहयोग !!

मगर लाफा । जेष्ठ २५, आईतबार 
५ जना नेपाली र १ जना म्यानमार गरि ६ जना श्रमिकलाई मलेसियामा नेपाल मगर संघको खाद्यान्न सहयोग गरेका छन् | बिगतमा नेपालको अराजनीतिक घटनाक्रम , बेरोजगारी , अशिक्षा र गरिबिको कारणले नेपाली युवाहरु रोजिरोतिको लागि बिदेश पलायन हुनु बाध्यतानै थियोे भन्दा यहाँ अनुउपयुक्त नहोला भन्न सकिन्न विभिन्न देशमा नेपाली युवाहरुले श्रम गरिरहेको अवस्थामा हाल ( Covid -19 ) कोरोना भाइरसको महामारीले बिश्वलाई नै थिचोमिचोमा पारीरहेको परिप्रेक्ष्लयमा मलेसियामा श्रम गर्ने नेपाली पनि अछुतो रहने कुरानै भएन |
यसै क्रममा मलेसियाको Petaling Jaya भन्ने ठाँउको Tai Thong Restoran कम्पनी मा 5 जना नेपाली र 1 जना म्यानमार गरि 6 जना कामदारहरुले काम गर्दै आउनुभएको थियो । हाल भिसा अबधि पनि सकिएको र उक्त कम्पनी पनि मालिकले बन्द गरेको जानकारी गरे पछी केही समय सम्म राशन पानी दिएता पनी बन्द बढ्दै जादा सम्बन्धित कम्पनीको मान्छेले बेवास्ता गरे पछि खानपिनको समस्या भएको जानकारी नेपाल मगर मलेसियालाई आएकोमा नेपाल मगर संघ मलेसिया केन्द्र परिबारको तर्फबाट Rm 300 भन्दाबढीको राशनपानी र Cash Rm 50 गरि जम्मा (350) उक्त्त संस्थाका महासचिब राम प्रसाद पुनमगर र सक्रिय सदस्य वीर बहादुर सारु मगरले2020/06/07 आइतबारको दिन उहाँहरुकै होस्टेलमा गएर राहत हस्तान्तरण गरि सहयोग गर्नुभएको छ ।
सहयोगी संस्था:- नेपाल मगर संघ मलेसिया केन्द्र अध्यक्ष पुष्मिता ठाडामगर लगायत सम्पुर्ण परिवार ।

जस्मा पीडितहरुको नाम निम्न प्रकारका छन्।
1) कर्ण बहादुर भुसाल ब्यास नगरपालिका 5 तनहुँ गण्डकी ।
2) बिनोद कुमार घर्तिमगर कोहलपुर 13 चपरगौंडि बांके।
3) गणेश चौंधरी बर्दिया भुरागाउ ।
4) नर बहादुर प्रधान ईलाम सुर्यदय नगरपालिका 8 सिद्दिगाउ ।
5) तेक बहादुर स्याङतन सिन्दुली कमलामाई नगरपालिका 3 धुराबजार ।

नोट - मलेसियामा विभिन्न संघ संस्थाहरुले आपतमा परेका नेपालीहरुलाई केही मात्रामा राहत दिई रहेछन् तर समस्या निराकरण गर्नको लागि सहज , छिटो र सहुलियतरुपमा नेपाल फर्कन पाउनु पर्‍यो त्यसमा सम्बन्धित निकायलाई सबैले दबाब सिर्जना गर्न जरुरी छ धन्यवाद ।।।
श्रोत : नेपाल मगर संघ केन्द्रिय समिति मेलेसिया