स्याङजाकी समिक्षा सारु बनिन प्रथम, मगर भाषिक टिकटक प्रतियोगिता २०७७ मा - Magar Laapha

स्याङजाकी समिक्षा सारु बनिन प्रथम, मगर भाषिक टिकटक प्रतियोगिता २०७७ मा

गणेश थापा मगर । बैशाख ७ । 
नव वर्ष २०७७ सालको अवसर पारेर मगर लाफा ग्रुपले आयोजना गरेको मगर भाषिक टिकटक प्रतियोगिता २०७७ मा स्याङजाकी समिक्षा सारु मगर प्रथम बनेकी छिन् । 
चैत्र २९ गते बाट सुरु गरिएको उक्त्त प्रतियोगितामा महिला तथा पुरुषले एकल वा युगल दुबै बिधामा सहभागी हुन पाउने नियम रहेको थियो । सहभागी हुनको लागी डिस्या र डि लख(माछा र पानी जस्तै) The Voice of Nepal Season 1 का प्रतियोगी सन्तोष राना र रित रानाको स्वर रहेको मगर भाषाको गीतमा टिकटक भिडियो तयार पारेर मगर लाफा फेसबुक ग्रुपमा पोष्ट गर्नु पर्ने र पोष्ट गरिएको भिडियोमा प्राप्त हुने लाईक वा कुनै पनि रियाक्टलाई भोटको आधार मानेर सबैभन्दा धेरै लाईक वा रियाक्ट प्राप्त गर्नेलाई पहिलो/दोश्रो/तोश्रो र सन्त्वना पुरस्कार दिने नियम बनाईएको थियो । सबैभन्दा राम्रो लिप्सिड़्, मगर पहिरन र अभिनय (उत्कृष्ट प्रतियोगी) बिधामा पनि पुरस्कारको पनि ब्यबस्था गरिएको थियो । 
नेपाल, हड़्कड़्, मलेसिया, जापान, भारत, युके, कतार लगाएत बिश्व भरि रहेका महिला तथा पुरुषहरु गरेर जम्मा ६७ जनाले सहभागिता जनाएका थिए । उक्त्त प्रतियोगीतमा ६७ जना प्रतियोगीबाट सबैभन्दा धेरै भोट प्राप्त गर्नेलाई फाईनल राउण्ड Top 10 मा सहभागी गराईएको थियो । र फाईनल नतिजा वैशाख ६ गते राती मगर लाफा टिभि युटुब च्यानल मार्फत सार्बजनिक गरिएको थियो । फाईनल Top 10 मा सबैभन्दा धेरै ३,७३४ भोट प्राप्त गरेर ६७ जनालाई पछि पार्दै प्रथम हुन सफल भएकी छिन् स्याड़्जाकी समिक्षा सारु मगर त्यस्तै ३,६५८ भोट प्राप्त गरेर दोश्रो भएकी छिन् पाल्पाकी तिर्सना झेडी मगर, २,९८५ भोट प्राप्त गरेर तेश्रो भएकी छिन् रस्मी पुन मगर(म्याग्दी) हाल पोखरा, २,७१६ भोट प्राप्त गरेर सान्त्वना भएकी छिन् काठमान्डौंकी जुना पुन र सबैभन्दा उत्कृष्ट प्रतियोगी बिधामा दमौली तनहुँका सर्जन थापा मगर र सृजना थापा भएका छ्न । 
समाजिक संजालमा दिन प्रति दिन बढ्दो टिकटक प्रयोगकर्ताहरुलाई मध्यनजर गर्दै युवा-पुस्ताहरुमा आफ्नो कला/भाषा/भेषभुषा र संस्कृति प्रतिको मोह बढाउने उदेश्यले यस्ता किसिमका खेल आयोजना गरिएको आयोजकले जनाएका छन् ।
१.प्रथम पुरस्कार - रु.१०,०००/- र (१ सेट मगर पहिरन साथमा १ थान मगर भाषा पुस्तक) प्रायोजक - भिक्टर ठाडा मगर (जापान) र ईशु जर्गा मगर(Sumayaa Fashion with Cultural, Lalitpur) 
२.दोश्रो पुरस्कार - रु.८,०००/- साथ (१ थान मगर भाषा पुस्तक) प्रायोजक - सुनिता श्रीस मगर (Supriya Halal Food, Japan) 
३.तेश्रो पुरस्कार - रु.५,०००/- साथमा (१ थान मगर भाषा पुस्तक) प्रायोजक - ईन्दिरा गर्बुजा पिठाकोटे (जापान) 
४.सान्त्वना पुरस्कार - रु.३,०००/- साथमा (१ थान मगर भाषा पुस्तक) ५.उत्कृष्ट प्रतियोगी - रु.३,०००/- साथमा १ थान मगर भाषा किताब सान्त्वना पुरस्कार/उत्कृष्ट पुरस्कार र १० थान मगर भाषा पुस्तक प्रायोजक विर बहदुरा सारु मगर(मलेसिया)
Video Link :