जापानमा प्रति ब्यक्ति १ लाख ऐन पाउने तरिका सार्वजानिक - Magar Laapha

जापानमा प्रति ब्यक्ति १ लाख ऐन पाउने तरिका सार्वजानिक

जापानमा प्रति ब्यक्ति १ लाख ऐन पाउने तरिका सार्वजानिक भएको छ ।

मगर लाफा । बैशाख ९
जापानको आन्तरिक मामिला मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी १ लाख ऐन दिने बिषयमा जापानी नागरीकहरु बाहेक पनि ३ महिना भन्दा लामो भिसा लिएर जापानमा बसोबास गर्दै आएका विदेशी नागरिकले पनि पाउने जनाएको छ। 

जसको लागी यहि अप्रिल महिनाको २७ तारिक सम्ममा उक्त ब्यक्तिको जापानको स्थानिय निकायमा वासिन्दा दर्ता गरेको हुनुपर्नेछ र शुरुमा आफुले केहि गर्नु पर्ने छैन। स्थानिय निकायमा (वडा कार्यलय वा नगरपालिका) मा दर्ता गरेको ठेगानामा आवेदन फारम आउने छ। जसमा नाम (परीवार संगै बसेको भए सबैको नाम) , उमेर, पाउने रकम आदि उल्लेख गरिएको हुनेछ।
त्यसमा घरमुली (सेताइनुसी) को नाममा रहेको बैंक वा बित्तिय संस्थाको खाता नम्बर लेख्ने र उक्त खाता नम्बर सहि हो भन्ने प्रमाण रहेको खाताको फोटोकपी र कुनै परिचय पत्रको फोटोकपी हालेर नगरपालिकामा पठाएमा परीवारको सबैजनाको रकम घरमुलीको खातामा आउने छ। चिठ्ठी फिर्ता पठाउने खाम पनि संगै आउनेछ। वडा र नगरपालिका अनुसार पत्र आउन केहि समय लाग्नेछ र आवेदन फारम शुरु गरेको ३ महिना भित्र आवेदन दिइसक्नु पर्नेछ। खाता नभएको ब्यक्तिले स्थानिय निकायमा सम्पर्क गरेर रकम लिन पनि सकिनेछ। आफुसंग माइ नम्बर कार्ड भएको ब्यक्तिहरुको हकमा अनलाइन बाट पनि आवेदन दिन सकिने बताएको छ। तर यसको तरीका भने केहि समय पछी उपलब्ध हुने बुझिएको छ। Source: NHK online