वनको बिषालु च्याउ खाएर ६ को मृत्यु, ५ जनाको उपचार हुँदै ! - Magar Laapha

वनको बिषालु च्याउ खाएर ६ को मृत्यु, ५ जनाको उपचार हुँदै !

जेठ ३२, काठमाण्डौ, पदम थापा मगर 
पाल्पा जिल्लाको दुर्गम गाउँ निस्दी गाउँपालिका वडा नम्बर ३ झिरुबासको सार्की डाँडामा रहेको ४ घरको ११ जनाले जंगली बिषालु च्याउ खाँदा ६ जनाको ज्यान गएको छ भने ५ जना गम्भीर बिरामी भएको छ । 

गरिबी, भौगोलिक कठिनाइ (जहाँ हालसम्म मोटरबाटो समेत नपुगेको) र चेतनाको कमीका कारण दुई ठकुरी परिबारका ८ जना र दुई मगर परिवारको ३ जनाले जेठ २४ गते शुक्रबार दिउँसो वनबाट खोजेर ल्याएको जंगली बिषालु च्याउ खाँदा भोलिपल्ट बिहान देखि बिरामी हुने लक्षण देखा पर्ना थालेपछि छरछिमेकी र गाउँलेहरुको सहयोगमा बिरामीहरुलाई बोकी २५ गते शनिबार सार्की डाँडाबाट हुप्सेकोट सम्मको डेढ घण्टाको पैदल यात्रा र हुप्सेकोटबाट डेढ घण्टा सबारी साधन मार्फत परासीको मध्यबिन्दु अस्पतालमा ३.३० बजे पुर्याइएकोमा त्यहाँ उपचार हुने सम्भावना नभएकोले उक्त अस्पतालले २६ गते भरतपुरको पुरानो मेडिकल कलेजमा रिफर गरिदिएकोले उक्त मेडिकल कलेजमा उपचारको क्रममा आईतबार २६ गते ४ बर्षीय बिष्णु सिंह ठकुरी र ८ बर्षीय निर्मला सिंह ठकुरीको उपचारको क्रममा निधन भएको थियो । 

बाकी ९ जना बिरामीहरुलाई भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार हुना नसकेपछि बिरामीका आफन्तहरुले बिरामिको जिवन बाच्न सक्ने आशामा डाक्टरहरुलाई अनेकौ बिन्ती गरि बिरामीहरुको उपचारको क्रममा खर्च भएको ९० हजार पछि तिर्ने जिम्मा लिई केहि रकमको जोहोगरि २७ गते सोमबार बांकी ९ जना बिरामीलाई काठमाडौंको टिचीङ असपताल ल्याईएको थियो । 

गम्भीर बिरामीहरुलाई icu मा राखी उपचार गर्नुपर्नेमा icu खालि नभएको भन्दै इमर्जेन्सीमा राखी उपचार गरिरहेको कारण बिरामीको ज्यान जान सक्ने सम्भाबनालाई समेत मध्यनजर गरी ठकुरी सहयोग संजालले स्वास्थ्य मन्त्रालयमा पहल गरि स्वास्थ्य मन्त्रालयका HEOC बिभागका अधिकृत रामकुमार महतो समेतको टोली टिचीङ अस्पतालमा आई बिरामीहरुको अबस्था र उपचारमा भएको समस्या बारे प्रशासन, चिकित्सकहरुसंग जानकारी लिई तत्काल सबै बिरामीहरुराई icu मा राखी उपचार गर्न निर्देशन दिए पश्चात मंगलबार बिहानै ८ वर्षीय सुमन सिंह ठकुरी, ४७ वर्षीय पुर्ण खाम्चा मगर, ४० बर्षीय चन्द्री सिंह खाम्चा मगर र निरुता सिंह ठकुरीलाई टिचीङ अस्पताल कै icu मा राखी उपचार गरिएको १४ वर्षीय निरुता सिंह ठकुरी र ३० वर्षीय धन कुमारी सिंह ठकुरीलाई सिनामंगल स्थित kmc को icu मा तथा २९ वर्षीय दान कुमारी सिंह ठकुरीलाई नख्खुको मेडिसिटीको icu मा र १६ बर्षीय निर्मला खाम्चा मगरलाई टिचीङकै icu मा राख्ने प्रयत्न भैरहेकोमा १४ वर्षीय निरुता सिंह ठकुरी, ४७ वर्षीय पुर्ण खाम्चा मगर, निसा सिंह ठकुरी र ८ वर्षीय सुमन सिंह ठकुरीको पनि मृत्यु भएको छ । 

बिरामीहरुको औषधी उपचारको खर्च राज्यले व्यहोर्ने मौखिक आश्वासन प्राप्त भए पछि अस्पतालमा उपलब्ध औषधीहरु अस्पतालले नि:शुल्क उपलब्ध गराएको र अस्पतालमा नपाईने बांकी औषधीहरु ठकुरी सहयोग संजालको जिम्मेवारीमा श्री राम फर्मा सहित अन्य औषधी पसलहरुबाट उधारोमा औषधीहरु उपलब्ध गराई उपचार भईरहेकोले आर्थिक बिपन्नताका कारण बिरामीहरुको उपचारमा कुनै लापारबाही नगर्न राज्यसंग अनुरोध गर्दै जीबन र मृत्यु संग पौठाजोरी खेलीरहेको बिरामीहरुको उपचारमास सहयोग पुर्याईदिनुहुन बिरामीको आफन्त र ठकुरी सहयोग संजालले आव्हान गरेको छ । 
सहयोग गर्नको लागि:- 
ठकुरी सहयोग संजाल खाता नम्बर ००१००१०२९४२१७ स्विफ्ट कोड नम्बर MBNL NPKA मेघा बैंक नेपाल लिमिटेड, कमलादी , काठमाडौ थप जानकारी लागि । हुम शाही- ९८६७८५१७१४, ९८१९०७३४९३ परिबेश मल्ल ठकुरी = ९८४१३७४२५५ किरण शाह = ९८५१०९३८५२ अजय मल्ल ठकुरी =९८४११३३८११ बिरामीको आफन्त इन्द्र बहादुर सिंह, मनसा मल्ल संग भेटन वा सम्पर्क गर्न चाहेमा माथिको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
पुरा भिडियो हेर्नको लागि

BHAWANAKA SABDA SAGAR ALE' S ONE SIDED LOVE STORY