मगर समुदायकाे माघ्या सकराटीले राजधानीको टुँडिखेल अस्तब्यस्त - Magar Laapha

मगर समुदायकाे माघ्या सकराटीले राजधानीको टुँडिखेल अस्तब्यस्त


काठमाडौं, माघ १ । काठमाडौंमा बस्दै आएका मगर समुदायले माध्या सकराटी पर्व राजधानीको टुँडिखेलमा धुमधामका साथ मनाएका छन् ।

साे अवसरमा मगर समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको र्याली काठमाडौंको भृकुटीमणडपबाट टुंडिलेखमा गएर सभामा परिणत भएकाे थियाे । महोत्सवमा जम्मा भएका अाफन्तहरूबीच मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरियाे । महोत्सवमा मगर,थारू,छन्त्याल, राइ शेर्पा जातिका विभिन्न खानाका परिकाराका स्टलहरू राखिएका थिए । 


कार्यक्रममा अतिथिकाे तर्फबाट बाेल्दै उर्जामन्त्री बर्षमान पुनले परम्परागतरूपमा मनाइदै अाएकाे माघी पर्वले नेपालका जनजातीकाे परिचय िदएकाेले यसलाइ संरक्षण गर्नुपर्ने धारणा राखे ।
सभामा बालबालिका मन्त्री थममाया थापा, खानेपानी मन्त्री बिना मगर र नेपाल मगर संघका अध्यक्ष नविन राेकामगर लगाएतकाे सहभािगता थियाे । सहभागीहरू अाफ्नाे समुदायकाे परम्परागत पाेषाक लगाएर उपस्थित भएका थिए ।

BHAWANAKA SABDA SAGAR ALE' S ONE SIDED LOVE STORY