डा. महावीर पुनमगरद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई दुई संस्थाले गरे सहयोग - Magar Laapha Tv

डा. महावीर पुनमगरद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई दुई संस्थाले गरे सहयोग


पोखरा, २१ मंसिर
सूचना प्रविधिका अभियन्ता डा. महावीर पुनमगरद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई नेपाल पुन मगर समाज र हिस्तान मण्डली समाज, पोखराले आर्थिक सहयोग गरेका छन् ।

नेपाल पुन मगर समाजका तर्फबाट १ लाख ३१ हजार ६ सय ९० र हिस्तान मण्डली समाज, पोखराद्वारा ५० हजार रुपैयाँ केन्द्रलाई हस्तान्तरण गरिएको हो । 
नेपाल पुन मगर समाजका तर्फबाट कोषाध्यक्ष जितु पुनमगर र हिस्तान मण्डली समाजका तर्फबाट सल्लाहकार गोर्खा मेजर चन्द्रबहादुर पुनमगरले डा. महावीर पुनमगरलाई सो सहयोग रकम हस्तान्तरण गर्नुभयो ।

नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष हर्कबहादुर पुनमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव खेम पुनमगरले गर्नुभएको थियो । लाफा खबरबाट