हेर्नुहोस यो एेतिहासीक अन्तरराष्ट्रिय अनलाईन मगर कविता प्रतियोगिता (भिडियो सहित) - Magar Laapha Tv

हेर्नुहोस यो एेतिहासीक अन्तरराष्ट्रिय अनलाईन मगर कविता प्रतियोगिता (भिडियो सहित)


हाम्रो कैरन, अन्तरराष्ट्रिय अनलाईन मगर कविता प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । मंसिर १६ गते आईतबार नेपालको समय अनुसार राती ८ बजे प्रतियोगिताको परिकल्पनाकार बेग आले मगर द्धारा फेसबुक सञ्जाल मार्पत लाईभ दिदै नतिजा सार्वजनिक गरेका हुन ।


नेपाल मगर सँघ मलेसिया तथा मगर लाफा ग्रुपको सँयुक्त आयोजनामा २ महिना अगाडी बाट शुरु भएको अन्तरराष्ट्रिय अनलाईन मगर कविता प्रतियोगिता मा तिन जना महिला सर्जक सहित एकाईस जना सर्जकहरुको सहभागीता रहेको उक्त प्रतियोगिता मा मगर समुदायमा प्रचलित तिन वटै भाषा बाट सामाग्री सहभागी गराउने भनिए पनी काईके भाषाको सहभागीता नभएको जानकारी दिए ।


नौलो र एकदमै फरक ढङ्ग बाट आयोजना गरिएको मगर कविता प्रतियोगिता मा बिश्व भरी बाटै सिर्जनाहरु सहभागी थिए । अब को समयमा आधुनिक प्रबिधीलाई सदुपयोग गर्दै यस्तै कार्यक्रम हरु को आयोजना भए लागत कम हुनुको साथै सबै भूगोलका साहित्यकारहरुले आफ्नो भावना पोख्ने अबसर पाउन मात्र नभएर उनीहरुको क्षमता मा अझ बिकास भएर जाने परिकल्पनाकार तथा नेपाल मगर सँघ मलेसियाको बरिष्ठ उपाध्यक्ष बेग आले मगर को कथन छ ।


नेपाल यूएई साउदी कतार बहराईन मलेसिया आदी देशबाट सहभागी कविता हरुलाई केस्रा केस्रा हेरेर नतिजा को जिम्मा पाएको मगर ढूट साहित्यकार हेमा आले बोगी, ब्योम जी मगर ९ बोम बहादुर घर्ती मगर ० तथा प्रतियोगिताको परिकल्पनाकार बेग आले मगर ले पाएको यस प्रतियोगिता मा कावासोती नवलपरासी का प्रेमध्वज गाहा मगर ले पहिलो स्थान पाउन सफल भएको छ भने रोल्पा हाल दाङ्ग निवासी डम्बर बुढा मगर ९ निसार ० ले दोस्रो स्थान पाउन सफल भएको छ । 

रोल्पा कै अर्का कवि दिलिप बुढा मगर्र डिबी मगर स्वेद ै तेस्रो स्थानमा रहन सफल भएका छन । त्रियुगा नगरपालीका उदयपुरका अर्का कवि टंक बहादुर आले मगरले सान्त्वना स्थान ९ चौथो ० प्राप्त गरेको छ । उल्लेखित स्थान मध्ये प्रथम स्थान र सान्त्वना मा मगर ढूट तथा दोश्रो तथा तेश्रो स्थान मगर खाम भाषाको कविता हुन । 

रेष्टुरेन्ट पाहुना घर जोहोरबारु तथा नेपाल मगर सँघ मलेसियाकी अध्यक्ष पुष्मिता ठाडा मगर ले प्रथम पुरस्कार को प्रायोजन गर्नु भएको छ भने नेपाल मगर सँघ मलेसिया स्वयम दोश्रो पुरस्कारको प्रायोजक रहेको हो भने आफ्नो स्वर्गिय बुवा गणेश बहादुर राना मगर को स्मृतीमा वहाको छोरा मलेसियामा कार्यरत श्री टेक बहादुर राना मगर तेश्रो पुरस्कारको प्रायोजन गर्नु भएको छ ।

 प्राध्यापन पेशामा आबद्ध तथा भरखर भरखर नै ब्यापार ब्याबशाय तिर हात लगाउदै गरेको ःबथबद्यष् ँबकजष्यल ध्ष्तज ऋगतिगचभ की सञ्चालिका माया घर्ती मगर ले सान्त्वना स्थानको लागी प्रायोजन भएको छ साथै माया घर्ती मगर बाट प्रथम स्थान ओगट्न सफल प्रतियोगिलाई मायाको चिनो स्वरुप एक थान मगर साँस्कृतिक पहिरन उपहार प्रदान गर्ने भएकी छ ।


पुरस्कार राशी प्रथम स्थानको लागी रु १५००० ।, दोश्रो स्थानको लागी रु १००००।, तेश्रो स्थानको लागी रु ६०००।, साथै सान्त्वना स्थानको लागी रु ३००० । साथमा प्रमाण पत्र रहेको छ । नतिजा सार्वननिक भए पनी पुरस्कार बितरण बाकी रहेको जनाएको छ । आयोजकहरुका अनुसार नाईस टेलिभिजन एचडी सङ्ग समन्वय गरेर पुरस्कार बितरण गर्ने भएको छ । नार्इस टेलिभिजनले यस अघीनै यस प्रतियोगितामा बिजयी सर्जकहरुलाई आफ्नो टिभि च्यानलको कार्यक्रम गेमी ल भिन्टाङ मा प्रत्यक्ष सम्बाद गर्ने जनाईसकेको छ ।

अन्तरराष्ट्रिय अनलाईन मगर कविता प्रतियोगिता २०७५ को मिडीया सहयोगीको रुपमा द मगर्स कृयसन द्धारा सञ्चालित नाईस टेली भिजन एचडी, रेडियो हिमालय, रेडियो सिम्रीक ९५।६ मेघाहर्ज, हाम्रो कैरन डटकम, समर्पण नेपाल डटकम लगायत समितीको पेजहरु तथा ब्यक्तीगत सञ्जालहरु रहेका छन ।

एकदमै नौलो प्रयोगबाट गरिएको यस कविता प्रतियोगिता प्रकृया गत र प्राबिधिक तर्फ केही कमी कम्जोरी भएको आयोजकहरु स्वीकार्छन तथा अर्को चोटी यस्तो कमी कम्जोरीलाई सुधारिने यद्धपी आफुहरु यस कविता प्रतियोगितामा लगभग सफल भएको बताउछन परिकल्पनाकार बेग आले मगर ।

अन्तरराष्ट्रिय अनलाईन मगर कविता प्रतियोगितामा टप चार सम्म रहेर पुरस्कृत हुनु भएका सबै बिजयी सर्जक हरुमा हार्दिक बधाई तथा भबिश्यमा ति कलम जिवी हातहरु मगर साहित्यको उठानमा भरपुर प्रयोग भएको देख्न पाऔँ शुभकामना । 

तथा सिर्जना अब्बल भएर पनी यस चोटी उत्कृष्ट चारमा पर्न नसक्नु भएका अन्य सहभागी सर्जकहरुमा पनी सहभागीताको लागी हार्दिक आभार प्रकट गर्न चाहन्छौ साथै यहाँहरुको सिर्जना पनी कम वजनको नभएको स्पष्ट पार्दै भबिश्यमा ति कलम जिवी हातहरु अरु सिर्जनात्मक कार्यमा अझ अगाडी बढून शुभकामना दिन चाहन्छौ ।